इँटाभट्टाको पोखरीमा डुबेर एकजनाको मृत्यु

भक्तपुर। चाँगुनारायण नगरपालिका-८ सुडालस्थित बीएम इँटाभट्टाले बनाएको पोखरीमा डुबेर कामदारको मृत्यु भएको छ।

प्रहरीका अनुसार उदयपुर गाईघाट नगरपालिका-४ आमटार घर भई सोही भट्टामा काम गर्ने ३० वर्षीय मुकेश राईको गए राति मृत्यु भएको हो।

इँटा बनाउने पानी जम्मा गर्न बनाइएको पोखरीमा डुबेर उनको मृत्यु भएको हो। उनको शव परीक्षणका लागि भक्तपुर अस्पताल पठाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी दीपक गिरीले जानकारी दिए।

घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस्