इटहरी। सुनसरीको इनरुवाका एक व्यक्तिले घरमा सुतिरहेका पत्नी र दुई छोरीहरूलाई आगो लगाई फरार भएका छन् ।
तीन दिनअघिको घटना भए पनि डरले प्रहरीसमक्ष ढिलो उजुरी आएपछि हिजो मात्र घटनाबारे थाहा भएको हो।
इनरुवा नगरपालिका-८ डुम्राहा सतखोलियाका सियाराम उराँवले २० चैत बेलुका खाना खाएर श्रीमती कमलकुमारी उराँव, ७ वर्षकी छोरी प्रतिक्षा र ४ वर्षकी छोरी प्रतिज्ञालाई सुतिरहेको अवस्थामा घरमा आगो लगाएर भागेका हुन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माका अनुसार जलेर घाइते आमाछोरीहरूको इनरुवा अस्पतालमा प्रारम्भिक उपचारपछि विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेकको छ।
त्रासले उजुरी गर्न लुकाइएको सो घटना तीन दिनपछि पिडितको माइतीबाट आफन्त आएर प्रहरी कार्यालयमा उजुरी गरेपछि बाहिर आएको उनले बताए।
प्रहरीले फरार रहेका सियारामको खोजी गरिरहेको छ।
" /> इटहरी। सुनसरीको इनरुवाका एक व्यक्तिले घरमा सुतिरहेका पत्नी र दुई छोरीहरूलाई आगो लगाई फरार भएका छन् ।तीन दिनअघिको घटना भए पनि डरले प्रहरीसमक्ष ढिलो उजुरी आएपछि हिजो मात्र घटनाबारे थाहा भएको हो।

">