झापा र चितवनमा आगलागीबाट पाँच घर जले

कनकाइ। झापाको कनकाई नगरपालिका क्षेत्रअन्तर्गतको कनकाई सामुदायिक वन हाताभित्र रहेको सुकुम्वासी बस्तीमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन्।

हिजो, २२ चैत बेलुका भएको आगलागीबाट झकडबहादुर दर्जीको खाली घर, अमृता श्रेष्ठ र ठाकुरसिंह राईको घर जलेर पूर्णरूपमा नष्ट भएको हो।

इलाका प्रहरी कार्यालयका अनुसार शनिबार राईको घरबाट आगलागी शुरु भएको थियो ।

दमक नगरपालिकाको दमकल, कनकाई सामुदायिक वनको खानेपानी ट्याङ्की र स्थानीयवासीको पहलमा आगो निभाइएको थिय ।

त्यस्तै चितवन इच्छाकमना गाउँपालिका-६ तुन्तेषमा कुलबहादुर घर्ती र चन्द्रबहादुर घर्तीको घर पनि हिजै अपरान्ह आगलागीबाट जलेको छ।

घरमा रहेको सोलार सर्ट भएर आगो सल्केको स्थानीय यामबहादुर गुरुङले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्