नेपाल–चीनले जारी गरे १४ बुँदे संयुक्त वक्तव्य, पारवहन सम्झौतालाई मूर्तरुप दिइने (पूर्णपाठसहित)

काठमाडौं। चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने भ्रमणसँगै नेपाल–चीनले संयुक्तरुपमा वक्तव्य जारी गरेका छन् ।

दुई देशले संयुक्तरुपमा जारी गरेको १४ बुँदे वक्तव्यमा रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययनदेखि यसअघि नेपाल–चीनबीच भएको यातायात तथा पारवहन सम्झौतालाई मूर्तरुप दिने उल्लेख गरिएको छ ।

चीन सरकारले केरुङ–काठमाडौँ सुरुङमार्ग निर्माणमा सहयोग गर्ने विषय पनि वक्तव्यमा उल्लेख छ ।

वक्तव्यमा बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनालाई कार्यान्वयनमा लैजाने जनाइएको छ । १२ मे २०१७ मा नेपालले चीन सरकारले अघि सारेको बीआरआई परियोजनाको सदस्यको रुपमा हस्ताक्षर गरेको थियो। उक्त परियोजना अन्र्तगत नेपालले नौ आयोजना सञ्चालन गर्ने सहमति भए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन ।

त्यस्तै सन् २०३० सम्म नेपालाई मध्य आय भएको देशमा स्तरोन्नती गर्न चीन सरकारले सहयोग गर्ने पनि वक्तव्यमा जनाइएको छ ।

तातोपानी र केरुङ भन्सारलाई पूर्ण रुपमा चलाउने, न्याचुङ बन्दरगाह सञ्चालनका लागि नेपालतर्फ आवश्यक पूर्वाधारको विकास गर्ने पनि वक्तव्यमा जनाइएको छ ।

वक्तव्यको पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्