सेनामा ९० अधिकृतको बढुवा सिफारिस
<p>काठमाडौं। नेपाली सेनाले रिक्त महासेनानी (कर्णेल) र प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) पदका लागि ९० जना अधिकृतको बढुवा सिफारिस गरेको छ।</p>
<p>सिफारिसमा पर्नेमा २४ प्रमुख सेनानी र ६६ सेनानी छन्। महासेनानीमा बढुवा सिफारिस भएकामा प्रमुख सेनानीहरू चुलेन्द्रबहादुर थापा, सुरज गुरुङ, युवराज कार्की, अनुप अधिकारी, मनिकुमार श्रेष्‍ठ, सरोजकुमार अधिकारीलगायत छन्।</p>
<p>यस्तै, प्रमुख सेनानीका लागि बढुवा सिफारिसमा पर्नेमा सेनानीहरू रमेश गुरुङ, विमलकुमार वाग्ले, इमेशमेहर श्रेष्‍ठ, अर्जुन दुलाललगायत छन्।</p>
<p>बढुवाको निर्णयका लागि बलाध्यक्ष रथी गौरव तण्डुलको अध्यक्षतामा गठित बोर्डमा उपरथीहरू सीताराम खड्का र गोकुल भण्डारी सदस्य तथा सुवर्ण शाह सदस्य सचिव थिए।</p>
प्रतिक्रिया दिनुहोस्
