काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमणका लागि २५ असोजमा काठमाडौं आउने औपचारिक मिति केही दिन अघि मात्र सार्वजनिक गरिए पनि यसको चाँजोपाँजो मिलाउने काम केही महिना अघिदेखि नै चलिरहेको थियो । २३ वर्षपछि चिनियाँ राष्ट्रप्रमुखको भ्रमण हुनलागेको विषय आफैंमा महत्वको थियो नै ।

भ्रमणको मिति सार्वजनिक हुनुभन्दा एक महिना अघिदेखि नै द्विपक्षीय घेटघाट र तयारीका विषय अघि बढिसकेका थिए । सरकारले चिनियाँ पाहुनाको भव्य स्वागत गर्ने र उत्तरी छिमेकका राष्ट्रप्रमुखको भ्रमणलाई फलदायी बनाउन तयारी तीब्र पारेको थियो ।
विश्वकै शक्तिशाली नेतामा पर्ने चिनियाँ राष्ट्रपति सीको भ्रमण नेपालका लागि जति महत्वपूर्ण थियो, उनको भ्रमण सुरक्षाको व्यवस्थापन गर्नु उत्तिकै चुनौतीपूर्ण पनि थियो । त्यहीकारण पनि सुरक्षा निकायहरुले भ्रमणको औपचारिक मिति सार्वजनिक नहुँदै विशेष सुरक्षा योजना तयार पारेर आन्तरिक तयारी अघि बढाए । त्यसका लागि नेपाली सेनाको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागसमेतको टोलीले काम गरे ।
२५ असोजमा चिनियाँ राष्ट्रपति आइपुग्ने भए पनि २४ असोजदेखि नै सुरक्षाकर्मीलाई राजधानीका सडकहरुमा परिचालन गरियो । हरेक १० मिटरको दूरीमा सडकको दुवैतर्फ लामबद्ध भएर प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सी को आवतजावत हुने रुटमा ड्युटी गरे । सँगसँगै थियो, नेपाली सेनाको पैदल र हवाइ गस्ती तथा सशस्त्र प्रहरी बलको पैदल गस्ती ।

धेरैलाई अचम्म लाग्न सक्छ, तर चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि परिचालित प्रहरी मात्र होइन, सबैजसो संगठनका सुरक्षाकर्मीहरु लगातार १८ घण्टासम्म सडकमा खटिए ।
अन्तर्राष्ट्रिय श्रम संगठन(आइएलो) ले बनाएको मापदण्ड अनुसार कामकाजी प्रत्येक व्यक्तिलाई ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन चाहिन्छ । तर सुरक्षाकर्मीका लागि भने यो नियम प्रायः आकर्षित हुँदैन । नियमित ड्युटीमा खट्ने सुरक्षाकर्मीका लागि यति नै घण्टा ड्युटी गर्ने भन्ने हुँदैन । जुनसुकै समयमा परिचालन हुनुपर्ने पेशागत विशेषता पनि हो, उनीहरुको ।
चिनियाँ पाहुनाको सुरक्षामा खटिँदा लगातार १८ घण्टासम्म सडकमै उनीहरुको दैनिकी बित्यो । त्यो पनि उभिएरै । कोही पैदल हिडेर त कोही गाडीमा रातदिन नभनेर खटिए । पछिल्लो ४८ घण्टाको अवधिमा ३६ घण्टा त नियमित ड्युटीमै थिए, सुरक्षाकर्मी ।
नेपाल प्रहरीले काठमाडौं उपत्यकामा कार्यरत आफ्ना कर्मचारीलाई विदामा जान समेत रोक लगाएको थियो ।
“सामान्यता अरु पनि एकजना सुरक्षाकर्मी १२ देखि १४ घण्टा ड्युटीमै हुन्छन्”, नेपाल प्रहरीका प्रवक्ता, डीआईजी विश्वराज पोखरेल भन्छन्, “महत्वपूर्ण कार्यक्रम र विदेशी पाहुनाहरुको भ्रमण हुँदा अझ बढी प्रहरीको सक्रियता बढ्छ।”
उनले यतिबेला ड्युटीमा खटेका सुरक्षाकर्मीले लगातार कम्तीमा १८ घण्टा सडकमा बिताएको बताए ।

उच्चस्तरीय भ्रमणको मात्र के कुरा, सुरक्षाकर्मीहरु निर्वाचन, प्राकृतिक प्रकोप लगायतका समयमा रातदिन नभनी ड्युटीमा खटेकै हुन्छन् ।
यस्तो बेला खाने र आराम गर्ने समय हुँदैन । कतिपयले त शौचालय जाने समयसम्म पाउँदैनन् । धेरै ठाउँमा शौचालयको सुविधा पनि हुँदैन ।
प्रहरी प्रवक्ता पोखरेल आवश्यक जनशक्ति र स्रोत साधन नभएकाले पनि ड्युटीमा खट्ने सुरक्षाकर्मीले धेरै समस्या भोग्नु परेको बताउँछन् ।
“जनशक्ति र स्रोतसाधन पुग्दो छैन, प्रविधिको प्रयोग पनि राम्ररी भइसकेको छैन,” उनले भने, “सुरक्षाकर्मी फिल्डमै भौतिक रुपमा खटिएरै सुरक्षा प्रदान गर्ने हो, त्यसक्रममा देशमा हुने महत्वपूर्ण कामका बेला दौडधुप धेरै हुन्छ नै ।”
उनले भोक, प्यास र आराम नभनेरै खटिनुपर्ने ‘प्रहरीको दायित्व’ हुनपुगेको बताए ।
चिनियाँ पाहुनाको सुरक्षाका लागि करीब १६ हजार प्रहरी खटिएका थिए । प्रहरीले चिनियाँ राष्ट्रपतिको भ्रमण सुरक्षाका लागि काठमाडौं बाहिरबाट समेत जनशक्ति झिकाएको थियो ।

प्रहरी मात्र होइन, नेपाली सेना र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले पनि चिनियाँ पाहुनाको स्वागतमा लगातार १७–१८ घण्टा सडकम ड्युटी गरे । सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेयका अनुसार १५ हजार सैनिक चिनियाँ राष्ट्रपतिको भ्रमण सुरक्षामा खटिएका थिए । “महत्वपूर्ण समयमा घण्टौं ड्युटी गर्नु हाम्रो दायित्व नै हो”, उनले देखापढीसँग भने, “विभिन्न युनिटले ड्युटी परिवर्तन गर्दै काम गर्ने हो ।”
“मिलेको अवस्थामा खाना खाने र आराम गर्ने फुर्सद मिल्छ, नमिले घण्टौंसम्म उभिएर भए पनि काम गर्नु हाम्रो कर्तव्य नै हो,” सशस्त्र प्रहरी बलका प्रवक्ता, डीआईजी सुरजकुमार श्रेष्ठ भन्छन्, “हाम्रो सुरक्षाकर्मी पनि दैनिक १७–१८ घण्टा सडकमै ड्युटीमा खटिए ।”
उनले करिब १० हजार सशस्त्र प्रहरी चिनियाँ पाहुनाको सुरक्षामा खटिएको बताए ।

" /> काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमणका लागि २५ असोजमा काठमाडौं आउने औपचारिक मिति केही दिन अघि मात्र सार्वजनिक गरिए पनि यसको चाँजोपाँजो मिलाउने काम केही महिना अघिदेखि नै चलिरहेको थियो । २३ वर्षपछि चिनियाँ राष्ट्रप्रमुखको भ्रमण हुनलागेको विषय आफैंमा महत्वको थियो नै ।

">