काठमाडौं। पछिल्लो समय नेपाली क्रिकेटको यात्रा अत्यासलाग्दो छ। विशेषगरी सिंगापुरमा सम्पन्न आइसीसी ट्वान्टी–२० विश्वकप एशियन रिजन फाइनल क्वालिफायरयता नेपाली क्रिकेट टोलीको प्रदर्शन सम्झनलायक छैन।
प्रदर्शन निरन्तर ओरालो लागिरहेको अवस्थामा माघ अन्तिमदेखि नेपाली टोली प्रशिक्षकविहीन बनेको छ। दुई महीना बितिसक्दा पनि नेपाली क्रिकेट टीमले प्रशिक्षक पाएको छैन। कोभिड-१९ महामारीका कारण तत्काल यो सम्भव पनि देखिएको छैन।
नेपालका लागि निकै महत्त्वपूर्ण मानिएको आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको मुखैमा तत्कालीन प्रशिक्षक उमेश पट्वालले राजीनामा दिएको खबरले क्रिकेटप्रमीलाई नराम्रोसँग झस्कायो। यद्यपि खेलाडीले आफूहरू दुई साताअघिदेखि नै प्रशिक्षकको राजीनामाबारे जानकार रहेको र मानसिकरूपमा प्रतियोगिता खेल्न तयार रहेको बताएका थिए। प्रतियोगितामा नेपालको प्रदर्शन मिश्रित रह्यो।
घरेलु मैदानमा खेलेको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा शतप्रतिशत नतिजा निकाल्दै प्रतियोगितामा दमदार शुरूआत गर्ने अवसर नेपालले गुमायो। अमेरिकाविरुद्धको अन्तिम खेलमा कीर्तिमानी विजय हासिल गरे पनि ओमानविरुद्ध नेपालको तीनै पक्ष निरीह बन्यो।
कोरोना भाइरस संक्रमण यति तीव्ररूपले विश्वभर नफैलिएको भए नेपाली क्रिकेट आजको दुई सातापछि नामिबिया प्रस्थान गर्थ्यो। नामिबिया, नेपाल र स्कटल्यान्डबीचको त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्नका लागि यतिबेला नेपाली टीम बन्द प्रशिक्षणमा हुन्थ्यो।
कोभिड-१९ को संक्रमणबाट गुज्रिएका अधिकांश देश अहिले लकडाउनमा छन्। नेपाल पनि त्यसबाट अछुतो छैन। त्यसकारण क्यानले पनि महत्त्वपूर्ण निर्णय लिनुअघि घोत्लिने मौका पाएको छ।
खेलाडीले भनेजस्तै काठमाडौंमा सम्पन्न त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्नु दुई साताअघि नै पट्वालले राजीनामा बुझाएका हुन् भने नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिता अवधिभरमा नयाँ प्रशिक्षकको टुंगो लगाइ सक्नुपर्थ्यो। किनकी त्रिवि त्रिकेट मैदानमा प्रतियोगिता सकिएको दुई सातापछि नै नेपालले थाइल्यान्डमा एसीसी इस्टर्न रिजन ट्वान्टी–२० प्रतियोगिता खेल्दै थियो।
तर, पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने चटारोमा क्यानले त्यसतर्फ ध्यान पुर्याउन सकेन। वा वास्तै गरेन। फलस्वरुप नेपालले थाइल्यान्डमा सम्पन्न एशिया कप छनोट प्रतियोगितामा लज्जास्पद हार भोग्यो। उक्त हारपछि नेपाली टीमको मनोबल झनै गिरेको छ। टीमकै महत्त्वपूर्ण सदस्य सन्दीप लामिछानेले भविष्यमा ‘नेपाल पनि क्रिकेट खेथ्यो’ भन्नेसम्मको स्थिति आउन सक्ने बताएका छन्।
यस्तो अवस्थामा सबैको नजर क्यानले गर्ने निर्णयतिर सोझिएको थियो। दबाब थपिँदै गर्दा कोभिड-१९ को महामारीले क्यानमाथिको दबाब तत्कालका लागि मत्थर बनाइदियो। अहिले सबैको ध्यान महामारीबाट कसरी जोगिने भन्नेमा केन्द्रित छ। विश्वभर नै खेलकुद ठप्प छ। दिनदिनै प्रतियोगिता स्थगित भएका खबर आइरहेका छन्। यसैबीच नेपालको नामिबिया भ्रमण पनि स्थगित भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले ३० जुनभन्दा अगाडिका सम्पूर्ण प्रतियोगिता स्थगित गरेको छ।

क्यान यो लकडाउनकै बीचमा भारतीय राष्ट्रिय क्रिकेट टीमका पूर्व खेलाडी रोविन सिंहसँग सम्झौता नजिक पुगेको चर्चा चल्यो। यद्यपि यसलाई क्यान नेतृत्वले इन्कार गरेको छ।
‘‘उनको नाम त छलफलमै आएको छैन। कसरी आयो यस्तो कुरा ?,’’ क्यानका सचिव अशोकनाथ प्याकुरेलले भने, ‘‘उनले अहिले जुन स्टेजमा प्रशिक्षण गरिरहेका छन्, त्यो नेपाली राष्ट्रिय क्रिकेट टीमका लागि हुन्छ जस्तो हामीलाई लाग्दैन।’’
कोभिड-१९ कै कारण स्थगित भएको एभरेष्ट प्रिमियर लिग २०२० मा भैरहवा ग्लाडियटर्सले नेपाली राष्ट्रिय टीमका पूर्व प्रशिक्षक पुवुदु दासानायकेलाई नियुक्त गरेको थियो। भैरहवालाई प्रशिक्षण दिन दासानायके नेपाल आएसँगै राष्ट्रिय टीममा उनको पुनरागमनको चर्चा पनि नचलेको होइन। पुवुदुले पनि घुमाउरो शैलीमा आफू तयार रहेको संकेत दिएका थिए। तर, त्यो चर्चामै सीमित रह्यो।
सचिव प्याकुरेलले विभिन्न नाममा छलफल भए पनि कोभिड-१९ का कारण सबै स्थगित भएको बताए। ‘‘केही नाम सर्टलिष्ट गरेका थियौं। इमेल आदानप्रदान भइरहेको थियो। तर, कोरोना भाइरस संक्रमणले सिर्जना गरेको पछिल्लो अवस्थाका कारण त्यो पनि रोकिएको छ।’’

क्यान उच्च स्रोतका अनुसार अहिले भारतीय प्रशिक्षक नै ल्याउने तयरी भइरहेको छ। भारतीय प्रशिक्षक ल्याउँदा मिल्दोजुल्दो भाषाका कारण प्रशिक्षण सहज तथा प्रभावकारी हुने बुझाइ छ।
‘‘कोरोना संक्रमणका कारण अहिले प्रशिक्षक नियुक्तिको प्रक्रिया नै स्थगित भएको छ। प्रक्रिया स्थगित भए पनि रोविन सिंहको विषयमा कुनै छलफल भएको छैन’’, क्यान उच्च स्रोत भन्छ, ‘‘तथापि हामीले भाषाको सहजताका कारण भारतीय प्रशिक्षकमै जोड गरेका छौं। बरू मिथुन मन्हास र लालचन्द राजपूतबारे छलफल भइरहेको छ। तर, हामी टुंगोमा पुगेका छैनौं।’’
कोभिड-१९ का कारण नेपाल ११ चैतदेखि लकडाउनमा छ, जुन कम्तीमा २५ चैतसम्म जारी रहनेछ। भारतमा पनि १२ चैतबाट कम्तीमा २१ दिन जारी रहने लकडाउन शुरू भएको छ।
कोरोना भाइरस संक्रमणबाट तङ्ग्रिनेबित्तिकै क्यानलाई सबभन्दा पहिले टुंग्याउनुपर्ने विषय नै प्रशिक्षक नियुक्तिको हुनेछ। त्यसबाहेक पनि क्यानले तत्काल गर्नुपर्ने कामको फेहरिस्त लामो छ। त्यसका बाबजुद् पनि तत्कालीन प्राथमिकता प्रशिक्षक नियुक्ति नै हुनेछ।
त्यसो भए क्यानले छलफलमा ल्याएका मन्हास र राजपूत को हुन् त ?
लालचन्द राजपूत
५८ वर्षे राजपूत मुम्बईमा जन्मिएका हुन्। सुनिल गावस्करपछि उनलाई एक समय भारतकै उत्कृष्ट ओपनिङ ब्याट्सम्यान मानिन्थ्यो। तर, घरेलु क्रिकेटमा बनाएको त्यो छविलाई राजपूतले अन्तर्राष्ट्रिय क्रिकेटमा प्रमाणित गर्न सकेनन्। जसका कारण दायाँहाते ब्याट्सम्यान राजपूतले राष्ट्रिय टीममा थोरै मात्र अवसर पाए।
रवि शास्त्री (भारतका वर्तमान प्रशक्षिक)ले राजपूतको स्थान लिएपछि उनले राष्ट्रिय टीममा पुनरागमन गर्न सकेनन्। राजपूत त्यसपछि प्रशिक्षणमा लागे। भारतको यू-१९ क्रिकेट टीमको प्रशिक्षण सम्हाले। २००७ मा दक्षिण अफ्रिकामा सम्पन्न ट्वान्टी–२० अन्तर्राष्ट्रिय वर्ल्ड च्याम्पियनसिपमा राजपूतले भारतीय क्रिकेट टीमको व्यवस्थापन सम्हालेका थिए। उक्त प्रतियोगितामा भारतले उपाधि जितेको थियो।
२००८ को इन्डियन प्रिमियर लिगमा राजपूतले मुम्बई इन्डियन्सको प्रशिक्षण सम्हालेका थिए। राजपूत २०१६ मा अफगानिस्तान राष्ट्रिय टीमको प्रशिक्षक नियुक्त भए। उनकै प्रशिक्षणमा अफगानिस्तानले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा वेष्ट इन्डिजलाई पराजित गरेको थियो भने आईसीसीको पूर्ण सदस्यता पाएको थियो। २०१७ मा अफगानिस्तान क्रिकेट बोर्डले राजपूतलाई विस्थापित गरेर फिल सिमोन्सलाई प्रशिक्षक नियुक्त गरेको थियो।
२०१८ मा राजपूत जिम्बाब्वे क्रिकेट टीमको प्रशिक्षकमा नियुक्त भए। त्यहाँ पनि उनको कार्यकाल लामो रहेन। २०१९ मा उनी क्यानडाको ग्लोबल ट्वान्टी-२० प्रतियोगितामा विनिपेग हक्सको प्रशिक्षक भएका थिए।
मिथुन मन्हास
अलराउन्डर मन्हास जम्मु काश्मिरका हुन्। उनले भारतीय राष्ट्रिय टीममा स्थान बनाउन सकेनन्। ४० वर्षे मन्हासले इन्डियन प्रिमियर लिगमा चेन्नई सुपर किंग्स, दिल्ली डेयरडेभिल्स र पुणे वारियर्सबाट खेले। त्यस्तै भारतको उमेर समूहमा स्थान बनाएका थिए।
भारतीय क्रिकेटमा उनलाई गलत समयमा जन्मिएको प्रतिभा पनि भनिन्छ। मध्यक्रमका ब्याट्सम्यान मन्हासको समयमा भारतमा राहुल द्रविड, सचिन तेन्दुलकर, भीभीएस लक्ष्मण र सौरभ गांगुली जस्ता खेलाडी थिए। उनी २०१७ मा आईपीएल क्लब किंग्स-११ पञ्जाबमा सहायक प्रशिक्षक नियुक्त भएका थिए। त्यस्तै २०१९ मा विराट कोहली कप्तान रहेको रोयल च्यालेन्जर्स बैंङलोरले पनि मन्हासलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको थियो।
अब चर्चा गरौं क्यान नेतृत्वले छलफलमा नरहेको भनिएका रोविन सिंहको बारेमा।
ट्रिनिडाड एण्ड टोबागोमा जन्मिएका सिंह सन् १९८४ मा भारत आएका थिए। उनी मद्रास विश्वविद्यालयमा अध्ययन गर्ने क्रममा भारतीय क्रिकेटसँग नजिकिएका हुन्। कलेजस्तरीय प्रतियोगिता खेलेका सिंहले १९८४ मा तामिलनाडूबाट रंजी ट्रफी खेले। त्यसपछि उनले पछाडी फर्केर हेर्नु परेन। तामिलनाडूले ३३ वर्षपछि रंजी ट्रफीको उपाधि जित्यो। उनले ट्रिनिडाड एण्ड टोबागोको नागरिकता त्यागे र भारतीय नागरिकता लिए। भारतीय राष्ट्रिय क्रिकेट टीममा पनि स्थान बनाए।
उनले १९८९ मा वेष्ट इन्डिजविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतबाट डेब्यू गरे। २००१ सम्म भारतीय टीमबाट १३६ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका मध्यक्रमका ब्याट्सम्यान सिंहले एक टेष्ट क्रिकेट म्याच पनि खेले।
खेलाडी जीवनबाट सन्यास लिएपछि सिंहले यू-१९ क्रिकेट टीमको प्रशिक्षण सम्हालेका थिए। २००४ मा उनले हङकङ राष्ट्रिय टीमको जिम्मेवारी सम्हाले। उनले हङकङलाई एशिया कपमा छनोट गराएका थिए। २००६ मा सिंह भारतको ‘ए’ टीमको प्रशिक्षक भए। २००७ मा उनी भारतीय राष्ट्रिय टीमको फिल्डिङ प्रशिक्षक बने। सिंह २००८ मा आईपीएलको टीम डेक्कन चार्जर्सको प्रशिक्षक भए।
२००९ सम्म भारतीय राष्ट्रिय टीमको फिल्डिङ प्रशिक्षक रहेका सिंहले त्यसपछि मुम्बई इन्डियन्समा ब्याटिङ प्रशिक्षक भएर काम गरे। उनको सहयोगमा मुम्बई २०१०मा आईपीएलको उपविजेता बन्यो भने २०१३, २०१५ र २०१७ मा उपाधि जित्यो।
उनले बंगलादेश प्रिमियर लिगमा खुल्ना डिभिजन क्रिकेट टीम र श्रीलंका प्रिमियर लिगमा उभा क्रिकेट टीमको प्रशिक्षण सम्हाले। रोविनले अमेरिकाको महिला टीमलाई पनि प्रशिक्षण दिइसकेका छन्।
क्यानले जसलाई नियुक्त गरे पनि नेपाली क्रिकेट टीमले भारतीय प्रशिक्षक नै पाउने लगभग पक्कापक्की भएको छ। नेपाली क्रिकेट टीममा यसअघि छोटो समयमा धेरै विदेशी प्रशिक्षक आए पनि रोय डायस, पुवुदु दासानायके र उमेश पट्वालले लामो समय प्रशिक्षण दिएका थिए।
" /> काठमाडौं। पछिल्लो समय नेपाली क्रिकेटको यात्रा अत्यासलाग्दो छ। विशेषगरी सिंगापुरमा सम्पन्न आइसीसी ट्वान्टी–२० विश्वकप एशियन रिजन फाइनल क्वालिफायरयता नेपाली क्रिकेट टोलीको प्रदर्शन सम्झनलायक छैन।प्रदर्शन निरन्तर ओरालो लागिरहेको अवस्थामा माघ अन्तिमदेखि नेपाली टोली प्रशिक्षकविहीन बनेको छ। दुई महीना बितिसक्दा पनि नेपाली क्रिकेट टीमले प्रशिक्षक पाएको छैन। कोभिड-१९ महामारीका कारण तत्काल यो सम्भव पनि देखिएको छैन।

">