घोराही उपमहानगरपालिका–१४, नयाँ बसपार्क क्षेत्रबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१४ बस्ने सरोज केसी, भीमबहादुर बुढामगर, लिजन विसी, वडा नम्बर १५ बस्ने कविन केसी र प्रविन विश्वकर्मा रहेको प्रहरीले जनाएको छ।
शंका लागेर चेकजाँच गर्ने क्रममा खानतलासी गर्दा उनीहरूको साथबाट लागुऔषध बरामद भएको प्रहरीको भनाइ छ।
ट्रमाडोल हाइड्रोक्लोराइड तीन हजार ९ सय ७० क्याप्सुल, नाइट्राजाइपम १० थान, लोराजेपाम एक थान, प्रोमेथाजाइन एक थान, फेनाराइमान एक थान इन्जेक्सन बरामद गरिएको दाङका प्रहरी प्रवक्ता डीएसपी विनोदविक्रम शाहले जानकारी दिए।
पाँचजनालाई नै लागुऔषध नियन्त्रण ऐन २०३३ परिच्छेद ३ दफा २२(ग) बमोजिम मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
" /> घोराही उपमहानगरपालिका–१४, नयाँ बसपार्क क्षेत्रबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

">