चिनियाँ राष्ट्रपति सी स्वदेश फर्कँदै
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमण सकेर स्वदेशतर्फ प्रस्थान गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा हिँजो काठमाडौं आइपुगेका सीलाई विदाई गर्न राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरू त्रिभुवन विमानस्थल पुगेका छन्।

सी नेपालमा रहँदा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताहरूले भेटवार्ता गरेका थिए ।
साथै नेपाल र चीनबीच विभिन्न विषयमा दुई पक्षीय सहयोग आदान–प्रदान गर्ने सम्झौताहरू पनि भएका थिए ।

राष्ट्रपति सी को बिदाइका लागि विभिन्न सांस्कृतिक प्रस्तुतिहरू पनि दिइएको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्