राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीको भेटवार्ता
<p>दुई देशबीचको प्रतिनिधिमण्डलस्तरीय वार्ता र सम्झौतापछि प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग उनी रहेकाे होटेलमा अलग्गै भेटवार्ता गरेकाे प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए।</p>
<p>राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुईदिने राजकीय भ्रमणमा आएका राष्ट्रपति सी आज स्वदेश फर्कने क्रममा होटलबाट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलतर्फ प्रस्थान गरेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्
