थुनुवा फरार घटनाको छानविन गर्न एसपीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन
काठमाडौं। जिल्ला प्रहरी कार्यालय सुर्खेतको थुनुवा कक्षबाट तीन जना थुनुवा फरार भएको घटना छानबिन गर्न कर्णाली प्रदेश प्रहरी कार्यालय समिति गठन गरेको छ।

दंगा नियन्त्रण प्रहरी गणका प्रहरी उपरीक्षक भोला रावलको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डीएसपी लोकनाथ तिम्सिनाले जानकारी दिए।

छानबिन समितिमा प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिना, प्रहरी निरीक्षक सुरज खड्का, प्रहरी नायब निरीक्षक अमर रावत र प्रहरी सहायक निरीक्षक प्रेम शर्मा सदस्य रहेका छन्।

पाँच दिन भित्र छानबिन प्रतिवेदन बुझाउन समितिलाई निर्देशन दिइएको छ। समितिका सदस्यसमेत रहेका प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डीएसपी तिम्सिनाले थुनुवा फरार हुनुमा कमीकमजोरी कसको हो भन्ने विषयमा अनुसन्धान गर्नेछ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतको थुनुवा कक्षबाट तीन जना थुनुवा फरार भएका छन्। उनीहरू कारागारको झ्यालबाट फरार भएको प्रहरीले बताएको छ। थुनुवा राति नै फरार भएपनि सुरक्षार्थ खटिएका प्रहरीले भने आज बिहान मात्रै थाहा पाएको हो।

पक्की थुनुवा घरको पछाडिको झ्याल फोडेर भागेका तीनै जना लागु औषध मुद्दामा पक्राउ परेकाहरू हुन्। फरार भएकामा वीरेन्द्रनगर ६ का २६ वर्षीय रोशनराज रेग्मी,  २० वर्षीय सुनिल थारु र भेरीगंगा नगरपालिकाका २१ वर्षीय सन्देश कशेरा रहेका छन्। उनीहरु अहिलेसम्म फेला परेका छैनन्। प्रहरीले उनीहरुको खोजी कार्य तीब्र पारिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्