काठमाडौंको नयाँबजारस्थित फर्निचर कारखानामा आगलागी <p>काठमाडौं। काठमाडौं-१६ नयाँबजार मेडिकल चोकस्थित एक फर्निचर कारखानामा आगलागी भएको छ।</p> <p>काठमाडौं महानगरपालिका- १३ ओम वहाल बस्ने राजु महर्जनले संचालन गरेको सो फर्निचर कारखानामा आज बिहान भएको आगलागीबाट पुरै कारखाना, फर्निचरको नजिकै रहेका कच्ची टहरो, चिया तथा खाजा पसल र सामान राखिएको गोदाम जलेको प्रहरीले जनाएको छ।</p> <p>प्रहरीका अनुसार विद्युत सर्टका कारण भएको आगलागीबाट करीब ४९ लाख रूपैयाँ बराबरको धनमाल क्षति भएको छ।</p>
प्रतिक्रिया दिनुहोस्