कंचनपुरको पुनर्वासमा मोटरसाइल दुर्घटना हुँदा १ जनाको मृत्यु <p>कंचनपुर। कंचनपुरको पुनर्वास नगरपालिका-८ मा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ।</p> <p>गएराति से.६ प १९९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका बिचफाटा बस्ने २६ वर्षीय दिपक सुनारको मृत्यु भएको हो।</p> <p>उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।</p> <p>दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य दुईजनाको उपचार भइरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्