६ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ
<p>काठमाडौं। ६ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा गुल्मीमा २० वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।</p>
<p>बालिकालाई जबर्जस्ती करणी गरेको सूचनाको आधारमा वामीटक्सारको प्रहरी टोलीले गुल्मीको मुसिकोट नगरपालिका-६ कुर्घाका प्रेम गुरुङलाई पक्राउ गरेको हो।</p>
<p>गुरुङलाई हिरासतमा राखेर अनुसन्धान शुरू गरिएको गुल्मी प्रहरीले बताएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
