भरुवा बन्दुकसहित एकजना पक्राउ
<p>काठमाडौं। सिन्धुलीमा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन्।</p>
<p>तीनपाटन गाउँपालिका-६ बाट स्थानीय ४१ वर्षीय जितबहादुर सुनुवारलाई एक थान भरुवा बन्दुकसहित पक्राउ गरिएको सिन्धुली प्रहरीले जनाएको छ।</p>
<p>प्रहरी चौकी वाङरिङबाट खटिएको टोलीले सुनुवारलाई बन्दुक बोकी हिँडिरहेको अवस्थामा फेला पारि पक्राउ गरेको हो।</p>
<p>प्रहरीका अनुसार सुनुवारलाई हिरासतमा लिई आवश्यक अनुसन्धान थालिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
