चिनियाँ राष्ट्रपति र नेकपा नेतृत्वबीच सहयोग आदानप्रदान गर्ने प्रतिवद्धता
नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सीसँगको भेटमा अध्यक्ष पुष्पकमल दाहालले चीन र चिनियाँ कम्युनिष्ट पार्टीेको प्रगतिबाट आफूहरु उत्प्रेरित भएको बताएका छन्।
‘संविधान जारी गरेर देश स्थायित्वतर्फ अघि बढेको छ, हामी एक चीन नीतिमा अविचलित छौं नेपालको विकासमा चीनको निरन्तर सहयोगको अपेक्षा गरेका छौं’, दाहालको भनाई उद्धृत गर्दै नेकपाका नेता माधवकुमार नेपालले देखापढीसँग भने।
भेटवार्तामा चिनियाँ राष्ट्रपति सीले नेपाल चीनको राम्रो र भरपर्दो मित्र भएको भन्दै आफूहरू नेपालको विकास साझेदार बन्न तयार रहेको बताएका छन्।
दुवै देशमा कम्युनिष्ट पार्टी नेतृत्वको शासन रहेकोले ऐक्यबद्धता मजबुत हुने सीले बताएको नेपालले जनाए।
सीसँगको भेटमा अध्यक्ष दाहाल, नेकपाका वरिष्ठ नेताहरू एवं पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल र माधवकुमार नेपाल, सचिवालयका सदस्यहरू उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेता वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहभागी थिए।
राष्ट्रपति सीका साथ चिनियाँ विदेशमन्त्री वाङ यी, चीन सरकारका अन्य वरिष्ठ नेता तथा नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी सहभागी थिए।
प्रतिक्रिया दिनुहोस्