अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिको कार्यकारी निर्देशकमा विद्रोह दाहाल नियुक्त

काठमाडौं। नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिको कार्यकारी निर्देशकमा विद्रोह दाहाल नियुक्त भएका छन्।

९ चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले मकवानपुर जिल्लाका दाहाललाई चार वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।

दाहालले आजै बानेश्वस्थित कार्यलयमा पुगेर पद बहाली गरेका छन्।

आफ्नो कार्यकालमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उच्चतम उपयोगमा ध्यान दिने दाहालले बताए।

शहरी विकास मन्त्रालयको सिफारिसमा दाहाल कार्यकारी निर्देशक नियुक्त भएका हुन्।

प्रतिक्रिया दिनुहोस्