कांग्रेस सांसद आलम हत्याको आरोपमा पक्राउ
काठमाडौं । रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य मोहम्मद अफताब आलमलाई प्रहरीले हत्याको आरोपमा पक्राउ गरेको छ ।

आलमलाई केही बेरअघि पक्राउ गरिएको रौतहटका प्रहरी प्रमुख, एसपी भुपेन्द्र खत्रीले देखापढीलाई बताए ।

आलममाथि केही समयअघि रौतहटको इटाभट्टामा कार्यरत मजदुरलाई जलाएर मारेको अभियोग लागेको थियो ।

सर्वोच्च अदालतले उनलाई पक्राउ गर्न आदेश दिएकाले पक्राउ गरिएको खत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्