कोभिड-१९ बाट अमेरिकामा चीनमा भन्दा बढी मृत्यु
वासिङ्टन। अमेरिकामा कोरोना भाइरसको संक्रमण (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या चीनमा भन्दा बढी भएको छ। अमेरिका सरकारले भाइरसको संक्रमण फैलिनबाट रोक्ने अभियानलाई थप ३० दिन बढाएको छ।

अमेरिकामा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ६ सय ६ पुगेको छ। चीनमा यो संख्या तीन हजार तीन सय नौ छ।

न्युयोर्कमा सबैभन्दा बढी नौ सय ३२ जनाको मृत्यु भएको छ। न्युजर्सीमा दुई सय ४७ र वासिङ्टनमा एक सय ५० जनाको मृत्यु भएको छ।

जोन हकिन्स विश्वविद्यालयको ताजा तथ्यांकअनुसार अमेरिकामा संक्रमितको आँकडा यसअघि नै चीनभन्दा दोब्बर थियो। अमेरिकामा एक लाख ८७ हजार नौ सय १९ जनामा संक्रमण देखिइसकेको छ। जबकि, चीनमा संक्रमितको संख्या ८२ हजार दुई सय ७८ जना छ।

यसैबीच, मंगलबार एक पत्रकार सम्मेलनमार्फत राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई साता अमेरिकी नागरिकका लागि अति चुनौतिपूर्ण भएको बताए। ‘देशका सामु अभूतपूर्व चुनौति खडा भएको छ,’ उनले भने, ‘हामी एक घातक भाइरसविरुद्ध युद्ध गरिरहेका छौं। र, हामीले एकसाथ आफ्नो पूर्ण शक्तिका साथ युद्ध लड्नुपर्नेछ।’ बीबीसी

प्रतिक्रिया दिनुहोस्