नेपाल-चीन उच्चस्तरीय वार्ता शुरू, केहीबेरमा महत्वपूर्ण सम्झौताहरूमा हस्ताक्षर हुने

काठमाडौं । नेपालको राजकीय भ्रमणका रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलबीच भेटवार्ता शुरू भएको छ ।

यो भेटवार्ताबीच राष्ट्रपति सी र प्रधानमन्त्री ओलीकाे समुपस्थितिमा नेपाल र चीनबीच करीब डेढ दर्जन सम्झौतामा हस्ताक्षर हुनेछ ।

भेटवार्ताको प्रारम्भमा मन्तव्य राख्दै प्रधानमन्त्री ओलीले नेपाल – चीन सम्बन्धमा नयाँ आयाम थपिएको बताए । उनले राष्ट्रपति सी लाई नेपाल भ्रमणका लागि धन्यवाद दिए ।

प्रधनमन्त्री ओली नेतृत्वको वार्तामा अर्थ, परराष्ट्र, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारी सहभागी छन् भने राष्ट्रपति सी नेतृत्वको प्रतिनिधिमण्डलमा विदेशमन्त्री वाङ् यी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायत छन् ।

प्रतिक्रिया दिनुहोस्