रुघाखोकीले बाजुराकाे पुडाबाब्ला गाउँ प्रभावित
बाजुरा। खप्तड छेडेदह गाउँपालिका-३, पुडाबाब्लामा रुघाखोकीको संक्रमण  फैलिएकाे छ।

साता दिनदेखि फैलिएको रुघाखोकीको संक्रमणले पुडाबाब्लाका ३०० बढी परिवारका सदस्य बिरामी परेका छन्।

एक घरका दुईदेखि पाँचजनासम्म रुघाखोकी र ज्वरोको प्रकोपका कारण बिरामी परेको वडाध्यक्ष दीपक रावतले बताए।

सामान्य खोकी लाग्ने, ज्वरो आउने, रिंँगटा लाग्ने, खान मन नलाग्ने र शरीर थकित  हुने जस्ता लक्षण बिरामीमा देखिएको स्वास्थ्यकर्मी गणेश रावतले बताए।

कोरोनाको लक्षण हो कि भन्ने आशंकामा पनि गाउँ त्रसित छ। तर, मौसमी परिवर्तनका कारण रुघाखोकीको प्रकोप देखिएकाले डराउनुपर्ने अवस्था नरहेको गाउँपालिकाका स्वास्थ्य संयोजक नन्दबहादुर रावतले बताए। रासस

प्रतिक्रिया दिनुहोस्