नवलपरासी पूर्व र रामेछापमा भएका दुर्घटनामा ३ को मृत्यु, २८ घाइते
काठमाडौं। नवलपरासी पूर्व र रामेछापमा भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ। २८ जना घाइते भएका छन्।

रामेछाप खाँडादेवी गाउँपालिका १ राकाथुम माझीगाँउमा बा.१४च ९४९८ नम्बरको बोलेरो गाडी आज बिहान सडकबाट करिब एक सय ५० मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते उनीहरूको शीर मेमोरियल अस्पताल बनेपामा उपचारका क्रममा मृत्यु भएको हो।

दुवैको सनाखत हुन सकेको छैन। उक्त दुर्घटनामा घाइते भएका २८ जनामध्ये २५ जनाको धुलिखेल अस्पतालमा र तीन जनाको शीर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै, आज बिहानै नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका-१ मा बा.६६प ४६८३ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा स्कुटर चालक अर्घाखाँची ठाडा गाउँपालिका-३ का ३६ वर्षीय पदमबहादुर केसीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका केसीको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्