साइकलमा घर हिँडेका दुई भारतीयको ललितपुर झाक्रीडाँडामा भीरबाट खसेर मृत्यु

काठमाडौं। साईकलसहित भीरबाट खसेर ललितपुरको बागमती गाउँपालिका-३ झाक्रीडाँडामा दुई भारतीय नागरिकको मृत्यु भएको छ।

मृत्यु हुनेमा भारतको मोथिहारी घर भई ललितपुरको गोदावरी नगरपालिका- १० टाहाखेलमा कवाडी सामान संकलनको काम गर्ने २० वर्षीय मुकेश सुनार र २८ वर्षीय सन्तोष महत्तो छन्।

लकडाउनका समयमा साईकलमै घरतर्फ गइरहेका उनीहरू हिजो, १७ चैतमा भीरबाट करीब २५० मिटर तल खसेको महानगरीय प्रहरी वृत चापागाउँका डीएसपी कृष्णराज ओझाले जानकारी दिए।

मृतक दुवैजनाको शव पाटन अस्पतालमा पोष्टमार्टम गरेर परिवारको जिम्मा लगाइएको छ।

प्रतिक्रिया दिनुहोस्