भक्तपुरको सूर्यविनायकमा प्रहरी हवल्दारमाथि चक्कु प्रहार <p>काठमाडौ। भक्तपुरको सूर्यविनायक चोकमा एक युवाले ड्युटीमा खटीएका प्रहरी हवल्दारमाथि चक्कु प्रहार गरेका छन्।</p> <p>लकडाउनको बेला चोकमा चक्कु र गुलेली बोकेर आएका ती व्यक्तिललाई सम्झाउन खोज्दा स्थानीय सुदीप क्षेत्रीले चक्कु प्रहार गरेको र महानगरीय प्रहरी वृत जगातीमा कार्यरत् प्रहरी हवल्दार केशरसिंह रावतको गालामा चोट लागेको डीएसपी चक्रराज जोशीले जानकारी दिए।</p> <p>क्षेत्रीको मानसिक अवस्था ठिक नभएको र पक्राउ गरी उपचारको लागि अस्पताल पठाइएको जोशीले बताए।</p>
प्रतिक्रिया दिनुहोस्