चीनमा डढेलोमा परी १९ को मृत्यु <p>बेइजिङ। चीनको सिचुवान प्रान्तमा डढेलोमा परी मंगलबार १९ जनाको मृत्यु भएको छ। मृतक १९ जना अग्&zwj;नि नियन्त्रक र एकजना सर्वसाधारण छन्।</p> <p>सोमबार अपराह्न करिब चार बजे डढेलो लागेको थियो। तीव्र गतिमा चलिरहेको हावाका कारण आगो तत्काल पहाडी इलाकामा फैलिएको थियो।</p> <p>हालसम्म एक हजार हेक्टरभन्दा बढी वन क्षेत्र आगोको चपेटामा परेको छ। मंगलबार बिहानीपख दुई बजेतिर डढेलो हेर्न गएको एक समूह अचानक आगोको दिशा बदलिँदा घेरामा परेको थियो। सोही क्रममा १८ अग्&zwj;नि नियन्त्रक र एक सर्वसाधारणको मृत्यु भएको हो।</p> <p>डढेलोका कारण शहरी इलाकाको आकाशमा पनि धुवाँको मुस्लो फैलिएको छ। डढेलो फैलिएको इलाका नजिकै दुईवटा ग्यास स्टेसन, चार विद्यालय र एक डिपार्टमेन्टल स्टोर छन्। ती सबै जोखिममा रहेको र हालसम्म एक हजार दुई जनालाई त्यस क्षेत्रबाट बाहिर निकालिसकिएको प्रहरीले जनाएको छ। ग्लोबल टाइम्स</p>
प्रतिक्रिया दिनुहोस्