पर्सामा लकडाउनको अटेर गर्दै जुवा खेल्ने ११ जना पक्राउ
<p>वीरगंज। भीडभाड नगरी घरभित्रै सुरक्षित रूपमा बस्न सरकारले लागू गरेको लकडाउनको घोषणलाई अटेर गरी जुवातास खेल्ने ११ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।</p>
<p>उनीहरूको साथबाट ५७ हजार २९० रूपैयाँसमेत वरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।</p>
<p>पर्सा जिराभवानी गाउँपापालिका-५ सखुबनिया टोलस्थित रहेको फुलबारीमा जुवातास खेलिरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।</p>
<p>पक्राउ पर्नेहरूमा जिराभवानी गाउँपालिका-५ का धर्मराज पंजियार, सुरेशप्रसाद थारू, बिनोद चौधरी, विनय थारु, गोविन्दकुमार थारू, ओझैया थारु, शिवशंकर नुनिया, सूर्यनारायण पंजियार, हरिश्‍वरप्रसाद दहेत, शिवजनक गौरे र वीरेन्द्रप्रसाद चौधरी छन्।</p>
प्रतिक्रिया दिनुहोस्
