३५ लिटर घरेलु रक्सीसहित भारतीय नाकाबाट दुईजना पक्राउ
<p>वीरगंज। पर्सा प्रहरीले भारत लैजाँदै गरेको घरेलु रक्सीसहित दुईजनालाई पक्राउ गरेको छ।</p>
<p>लकडाउनको मौका छोपी साइकलमा रक्सी लैजादै गर्दा पर्सागढी नगरपालिका-४ भेडामा वीरगंज महानरपालिका-३२ बस्ने ३० वर्षीय नारायण राम र सोही ठाउँका २० वर्षीय राजन महरालाई पक्राउ गरिएको हो।</p>
<p>उनीहरूको साथबाट ३५ लिटर घरेलु रक्सी र साइकल बरामद गरिएको प्रहरीले जनाएको छ।</p>
<p>प्रहरीका अनुसार दुवैजनालाई थप अनुसन्धान र कारबाहीको लागी आन्तरिक राजश्व कार्यालय विरगंजमा बुझाइएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
