बैतडीमा क्‍वारेन्टाइनमै कुटिए वडा अध्यक्ष
कैलाली। बैतडीको पुर्चौडी नगरपालिका- ७ का वडा अध्यक्ष रामबहादुर ऎरमाथि क्वारेन्टाइनमै कुटपिट भएको छ।

गल्लेक माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइन अनुगमनमा गएको बेला उनलाई स्थानीय ३६ वर्षीय धर्मानन्द बडुले कुटपिट गरेका हुन्।

मदिरा पिएर क्वारेन्टाइनमा आइ होहल्ला गरिरहेका बडुलाई सम्झाउन खोज्दा अध्यक्षमाथि कुटपिट भएको प्रहरीले बताएको छ।

कुटपिटबाट घाइते वडाअध्यक्ष ऎरको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको र कुटपिट गर्ने बडुलाई प्रहरीले नियन्त्रणमा  लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी डिल्लिनारायण पाण्डेयले बताए ।

कुटपिट गर्ने बडुलाई कारबाही गरिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्