सशस्त्र प्रहरीले नदी किनारमा दुई युवकलाई कुटपिट गरेको भिडिओ भाइरल (भिडिओसहित)

काठमाडौं। सशस्त्र प्रहरीका एक जवानले नदी किनार बीचमा सामान बोकेका दुईजना युवालाई कुटपिट गरेको भिडिओ यतिखेर सामाजिक संजालमा भाइरल बनेको छ।

उक्त भिडिओ कहाँको भन्ने खुलिसकेको छैन। तर, ती दुई कुटिएका युवक मजदुरी गरेर फर्किरहेका देखिन्छन्। उनीहरुको साथमा सामान पनि छ।

सशस्त्र प्रहरीका ती कर्मचारीले पहिले एकजना युवकलाई लाठीले पिटेका छन्।

पछि दुवैजनालाई घोप्टो पर्न लगाएर ढाडमा कुटपिट गरेका छन्। कान समात्न लगाएर उनीहरूलाई नदी किनारको बालुवामा घिस्रिन लगाएर कठोर यातना समेत दिइएको भिडिओमा देखिन्छ।

सशस्त्र प्रहरी बलका प्रवक्ता प्रविणकुमार श्रेष्ठले उक्त भिडिओ प्रदेश २ को जिल्लाको रहेको भन्दै ती कर्मचारीलाई विभागीय कारबाही प्रक्रिया अघि बढाइने बताए।

"भिडियो हेरेपछि हाम्रो ध्यानाकर्षण भइसकेको छ। ती कर्मचारीलाई विभागीय कारबाही थाल्छौं", श्रेष्ठले देखापढीसँग भने।

उनले मानवअधिकारको संरक्षणमा सश्स्त्र प्रहरी सचेत रहेको भन्दै अमानवीय क्रियाकलाप गर्ने संगठनको नीति नरहेको बताए।

हेर्नुहोस् भिडिओ:-

प्रतिक्रिया दिनुहोस्