होम क्‍वारेन्टाइनमै चैती छठ <p>महोत्तरी । कोरोना भाइरसको संक्रमण फैलिन नदिन गरिएको लकडाउनका कारण मिथिला क्षेत्रमा मनाइने चैती (बासन्ती) छठ पर्वका सबै विधि यसपाली घरघरमै सम्पन्&zwj;न गरिँदै छ &nbsp;।&nbsp;</p> <p>छठअन्तर्गत आज सोमबार नदी वा जलाशयमा पुगेर अस्ताउँदा सूर्यलाई अर्घ्य दिने विधि घरघरै गरिँदै छ । पर्वको मुख्य दिन आज निराहार ब्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने विधि &lsquo;सझुका-अरख&rsquo; गरिँदैछ । यसपटक नदी र जलाशयहरूमा घाट सजाइएको छैन।</p> <p>भोलि सप्तमीको दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चैती छठ सम्पन्&zwj;न हुने छ । यसअघि पहिलो दिन गत शनिबार &lsquo;नहाय-खाय&rsquo;, दोश्रो दिन आइतबार दिनभरि उपवास बसेर राती सख्खरमा पकाइएको खिर मात्र खाएर &lsquo;खरना&rsquo; विधि ब्रतालुले सम्पन्&zwj;न गरिसकेका छन् ।</p> <p>शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो । शरदमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्तमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व मनाइन्छ । रासस</p>
प्रतिक्रिया दिनुहोस्