काठमाडौं। गुगल ट्रेण्ड्सका अनुसार यस हप्ता अष्ट्रेलियाका मानिसले गुगलमा सबैभन्दा धेरै खोजेको विषय थियो- ‘कसरी फोनलाई कीटाणुरहित गर्ने ?’ र ‘कसरी आफ्नो फोन सफा गर्ने ?’

गत हप्ता खोजिएका विषय थिए- ‘के इमेलबाट कोरोना भाइरस सर्न सक्छ ?’, ‘के खानाबाट कोरोना भाइरस सर्न सक्छ ?’, ‘के एकै व्यक्तिलाई दुईपटक कोरोना भाइरस हुन सक्छ ?’

अष्ट्रेलियाका मात्र होइन, संसारैभरका मानिसका मनमा यस्तै प्रश्न उठिरहेछ।

कोरोना भाइरस फोन वा मेलमा कतिन्जेल बाँच्न सक्छ भन्ने के तपाईंलाई थाहा छ ?

पूरै थाहा छैन होला।

केही मिडियाहरूले सामानहरूको माध्यमबाट पनि यो भाइरस (जसको खास नाम SARS-CoV-2 हो) सर्न सक्ने बताएका छन्।

हप्ता दिन अघि ‘न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसिन’ले यसबारे लेखेको छ-

‘नोबल कोरोना भाइरस कागज र तामामा भन्दा प्लास्टिक र स्टिलमा लामो समय रहेको थियो। र, ७२ घण्टासम्म यी भाइरस त्यसमा बाँचेका थिए। जबकि तामामा ४ घण्टासम्म भाइरस रह्यो र कार्डबोर्डमा २४ घण्टासम्म सक्रिय रह्यो।’

यी कम अनुमान गरिएको हुन सक्छन्। भाइरस यो समयभन्दा पनि बढी बाँचेको हुन सक्छ।

भाइरस सबैभन्दा बढी समय प्लास्टिकमा बाँच्छ। यसको मतलब हाम्रो फोनमा पनि भाइरस सम्भवतः एक दिनसम्म रहन सक्छ। यो चिन्ताको विषय हो।

यो नयाँ भाइरस हो। हामीसँग अहिलेसम्म यसबारे सम्पूर्ण जानकारी पनि छैन। हरेक दिन नयाँ खोज भइरहेका छन्। फोनमा यो भाइरस प्रयोगशालामा देखिएको भन्दा बढी समय सक्रिय पनि हुन सक्छ।

फोनबाट कसरी सर्छ भाइरस ?

फोनमा कुरा गर्दा हावामा पानीको एक अदृश्य तह उत्पन्न हुन्छ। कोरोना भाइरसबाट संक्रमित व्यक्तिले कुरा गर्दा पनि त्यसैगरी भाइरस बाहिर आइरहेको हुन्छ।

यदि संक्रमित व्यक्तिले आफ्नो फोन अरूलाई दियो भने फोनमा भएको भाइरस नयाँ मानिसको हातको माध्यमबाट सर्न सक्छ। र, यो भाइरस उसको हातबाट आँखा, नाक, मुखसम्म पुग्न सक्छ।

त्यस्तै कार्डबोर्ड वा कागजबाट पनि भाइरस सर्न सक्ने सम्भावना प्रबल छ। र, यो पनि सम्भव छ कि हामीकहाँ दैनिकरूपमा जम्मा हुने फोहोरमा पनि भाइरस बाँच्न सक्छ। त्यसैले साबुनपानीले बारम्बार हात धुनु जरुरी छ।

जोखिम कम गर्न के गर्ने ?

सबैभन्दा शुरूमा बारम्बार आफ्नो हात धुनुपर्छ। लकडाउनको समय हो यो। घरमै बस्नुपर्छ। आफ्नो फोन आफैंसँग राख्नुपर्छ। सकेसम्म अरूलाई फोन दिनुहुँदैन।

आफ्नो फोन बच्चालाई छुन दिनु पहिले र छोइसकेपछि हात धुन लगाउनुहोस्।

आफ्नो मोबाइल, ट्याब्लेट वा की-बोर्डहरूलाई ७० प्रतिशत इथानोल भएको स्यानिटाइजरले बेलाबेलामा पुछिरहनुहोस्। यसले भाइरसलाई निष्क्रिय गर्न मद्दत गर्छ।

यदि स्यानिटाइजर पाउनु भएन भने साबुन पानीले भिजेको ओसिलो कपडाले नै भए पनि आफ्नो फोनलाई विस्तारै सफा गर्ने कोसिस गर्नुहोस्। पानी फोनभित्र छिर्न सक्छ त्यसैले सावधानी अपनाउनुहोस्। केही सामान वा डेलिभरी लिनुहुन्छ भने त्यो प्याकेट नष्ट गरेर हात धुनुहोस्।

(‘द कन्भरसेसन’बाट अनुवाद)

" /> काठमाडौं। गुगल ट्रेण्ड्सका अनुसार यस हप्ता अष्ट्रेलियाका मानिसले गुगलमा सबैभन्दा धेरै खोजेको विषय थियो- ‘कसरी फोनलाई कीटाणुरहित गर्ने ?’ र ‘कसरी आफ्नो फोन सफा गर्ने ?’

"> के मोबाइल फोनमा पनि कोरोना भाइरस सक्रिय रहन्छ?: Dekhapadhi
के मोबाइल फोनमा पनि कोरोना भाइरस सक्रिय रहन्छ?

प्रतिक्रिया दिनुहोस्