काठमाडौं। कोरोना भाइरस संक्रमणको प्रभाव कम नभए पनि इङ्ल्यान्ड र वेल्स क्रिकेट बोर्ड (इसीबी)ले मैदानमा कोरोना भाइरस चेक प्वाइन्ट र आइसोलेसन युनिट राखेर बन्द रंगशालामा क्रिकेट शुरू तयारी गरेको छ।
इङ्लिस क्रिकेट कम्तिमा २८ मेसम्मका लागि स्थगित छ। तर इसीबीले खाली रंगशालामा अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने तयारी थालेको हो। इङ्ल्यान्ड र वेष्ट इन्डिजबीचको खेल ४ जुनबाट ओभलमा शुरू हुदै थियो।
‘‘खाली रंगशालामा हामी कुन अन्तर्राष्ट्रिय खेल गर्न सक्छौं भनेर सोचिरहेका छौं,’’ इसीबीका प्रतियोगिता निर्देशक स्टिभ एलवोर्थीले भनेका छन्, ‘‘लकडाउनअघि पाँच सय वा त्यो कम संख्यामा जम्मा हुन पाउने भनिएको थियो। त्यसकै आधरमा यो अवस्था कसरी खेल गर्न सकिन्छ भनेर सोचिरहेका छौं। र महामारीबाट हुने सक्ने सम्भावित प्रभावबाट पनि हामी सचेत छौं।’’