विश्व स्वास्थ्य संगठनले भन्यो- 'सबै उमेरका व्यक्ति कोभिड-१९को जोखिममा छन्' <p>काठमाडौं।&nbsp;विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)&nbsp;ले सबै उमेर समूहका व्यक्तिहरू कोभिड-१९ को जोखिममा रहेको स्पष्ट पारेको छ। कोरोना भाइरसबाट संक्रमित हुने र संक्रमित व्यक्तिले उक्त भाइरस अन्यमा सार्ने सवालमा युवा उमेरका व्यक्ति पनि उत्तिकै जोखिममा रहेको डब्लूएचओले स्पष्ट पारेको हो।&nbsp;</p> <p>यो विश्वव्यापी महामारीको रोकथाम र नियन्त्रणाका लागि सामूहिक पहल आवश्यक रहेको पनि डब्लूएचओले जनाएको छ।&nbsp;</p> <p>डब्लूएचओका महासचिव डा। टेड्रोस एड्हनम गेहब्रेयससले भनेका छन्-&nbsp;&lsquo;युवाहरू कोभिड-१९ बाट अजेय छैनन्। कोरोना भाइरसबाट संक्रमित हुँदा हप्तौं अस्पताल बस्नुपर्ने हुनसक्छ वा यसले तपाईंलाई मार्न पनि सक्छ। तपाईं बिरामी हुनुभएको छैन भने पनि कहाँ जाने भन्ने तपाईंको छनोटले अरू कसैको जीवन र मरण निर्धारण गर्नसक्छ।&rsquo;</p>
प्रतिक्रिया दिनुहोस्