कोभिड-१९ को संक्रमण नफैलियोस् भन्दै मन्दिरमा बोकाको बली

सिमकोट। विश्वलाई आक्रान्त बनाएको कोराना भाइरस (कोभिड-१९) को संक्रमण बढी नफैलियोस् भन्दै हुम्लाका बासिन्दाले देवी/देवता गुहारेका छन् ।

नेपालमा तीनजनामा देखापरेको कोभिड-१९ लाई अन्यत्र नफैलियोस् भन्दै सिमकोट-८ स्याँडाको खोल्सी गाउँका बासिन्दाले स्थानीय कालिका देवीको मन्दिरमा बोकाको बली दिएका हुन् ।

८५ घरधुरी जम्मा भएर देवी/देवताको भाकल गरेको स्थानीय दन्त सिंहले जानकारी दिए । ‘बुधबार बिहान ध्वजापताकासहित जम्मा भएर बोको चढायौं,’ उनले भने, ‘महामारीबाट ज्यान जोगाइदिन देवीलाई सामूहिक आग्रह गर्‍यौं ।’

केही दिनअघि सदरमुकाम सिमकोट गाउँपालिका वडा नम्बर ५ र ६ का बासिन्दाले पनि गाउँमा कोभिड-१९ को संक्रमण नहोस् भन्दै खसीको बली दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्