स्थिरताले जुरायो २३ बर्षपछि चिनियाँ राष्ट्रपतिको भ्रमण
काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमणका लागि आज अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा एकसाथ धेरै कुरा हुँदैछन् ।
पहिलो, यो चिनियाँ राष्ट्रपतिको २३ बर्षपछिको नेपाल भ्रमण हुनेछ । दोस्रो, राष्ट्रपति सी चिनफिङको नेपाल आउने तीन बर्ष अघिदेखिको प्रयास दोस्रो कार्यकालमै भए पनि सफल हुँदैछ । तेस्रो, २०७२ सालको भारतीय नाकाबन्दीले मुलुकको भूराजनीतिमै आएको परिवर्तनको खास तस्बीर यो भ्रमणले दिनेछ । अनि, त्योभन्दा पनि महत्वपूर्ण चाहिँ भूपरिबेष्ठित मुलुक नेपालले चीनमार्फत् पारवहन सुविधा प्रयोगका लागि ‘कनेक्टिभिटी’मा फड्को मार्ने केही महत्वपूर्ण सम्झौता हुँदैछन् ।
महाशक्ति बन्ने होडमा रहेको उत्तरी छिमेकबाट यति महत्वपूर्ण उच्चस्तरीय भ्रमण हुँदै गर्दा उठिरहेको अहं प्रश्न हो– आखिर २३ बर्षसम्म चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण किन हुन सकेन ?
हुन पनि १९–२० मंसिर २०५३ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिनले भ्रमण गरे यता चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुन सकेको छैन। २०६८ सालमा तत्कालीन चिनियाँ प्रधानमन्त्री वेन च्यापाओले पाँच घण्टाका लागि नेपाल भ्रमण गरे पनि चिनियाँ राष्ट्रपतिलाई नै काठमाडौंमा स्वागत गर्ने प्रयास भने लामो समयदेखि सफल हुन सकेको थिएन ।
२०७२ सालमा केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि चिनियाँ राष्ट्रपतिलाई नेपालमा स्वागत गर्ने प्रयास गरियो, तर त्यो प्रयास सफल भएन । २०७३ मा नै वर्तमान चिनियाँ राष्ट्रपति सी नेपाल भ्रमणमा आउने तय भएको चर्चा पनि चल्यो, तर त्यसले समेत मूर्तरुप पाउन सकेन ।
संविधानसभाबाट जारी भएको संविधान र त्यसअनुसार भएको आम निर्वाचनपछि २०७४ सालमा केपी शर्मा ओलीकै नेतृत्वमा दुईतिहाई बहुमतप्राप्त संघीय सरकार गठन भएपछि यस्तो प्रयास पुनः अघि बढाइयो ।
बेइजिङस्थित रेन्मिन विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक चेङ स्याओचेन नेपालको अस्थिर राजनीतिकै कारण चीनबाट लामो समय उच्चस्तरीय भ्रमण हुन नसकेको बताउँछन् । प्राध्यापक चेङ भन्छन्, “राजनीति अस्थिर हुँदा एउटा सरकारसँग भएको सहमति र सहकार्यको आयाम छिटै अर्को सरकार बन्दा परिर्वतन हुने अबस्थाका कारण कारण लामो समय भ्रमण हुन नसकेको हो।”
स्थिरता या अरु ?
भूराजनीतिका टिप्पणीकार गेजा शर्मा वाग्ले पनि मुलुकको राजनीतिक अस्थिरताकै कारण चीनबाट उच्चस्तरको भ्रमण हुन नसकेको बताउँछन्।
हुन त यसबीचमा चीन मात्र होइन, भारतबाट समेत उच्चस्तरीय भ्रमण हुन सकेनन् । जस्तो कि, १८ साउन २०७१ मा काठमाडौं आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी १७ वर्षपछि नेपाल भ्रमणमा आउने भारतका पहिलो प्रधानमन्त्री थिए । भारतका तत्कालीन प्रधानमन्त्री इन्दर कुमार (आई के) गुजरालले २०५४ जेठमा नेपाल भ्रमण गरे यता भारतबाट कुनै प्रधानमन्त्रीले नेपाल भ्रमण गरेका थिएनन् ।
“एक दशकसम्म चलेको हिंसात्मक विद्रोह र त्यसपछिको अर्को दशक देश संविधान निर्माणको गन्जागोलमा प¥यो,” टिप्पणीकार वाग्ले भन्छन्, “यसले गर्दा पनि नेपालमा उच्चस्तरीय भ्रमण गराउने विषय ओझेलमा परे ।”
चीनको राष्ट्रपति बनेपछि सीले नेपाल, भुटान र म्यानमार बाहेक अन्य सबै छिमेकी मुलुकको भ्रमण गरिसकेका छन्। नेपालमा लामो समयदेखि चीनबाट उच्चस्तरको भ्रमण नुहँदा कतै नेपाल चीनको प्राथमिकतामा नै नपरेको हो कि भन्ने आशंका पनि यसबीचमा नउब्जिएको होइन।
अन्तर्राष्ट्रिय सम्बन्धका जानकार त्रैलोक्यराज अर्यालका भनाइमा चीनको प्राथमिकतामा नपरेकाले नै नेपालमा लामो समयदेखि उच्चतहको भ्रमण नभएको र ठूलो लगानी पनि नभित्रिएको हो । “हामी चीनले नेपालको विकास गरिरहेछ भन्छौँ, तर विश्वको दोस्रो धनी मुलुकबाट नेपाललाई के फाइदा भयो त ?”, अर्याल भन्छन्, “उसले अफ्रिका, दक्षिण पूर्वी एशियाका कम्बोडिया, लाओस लगायतका मुलुकमा गरेको लगानी र हाम्रोमा गरेको लगानी हेर्दा पनि यो कुरा छर्लङ्ग हुन्छ ।”
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का केन्द्रिय सदस्य चाव ली भने नेपाल सधैँ चीनको प्राथमिकतामा परेको बताउँछिन्। नेपाल कम्युनिष्ट पार्टीको स्कूल विभाग र चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागले ५–६ असोजमा काठमाडौँमा आयोजना गरेको संयुक्त कार्यक्रममा सहभागी हुन नेपाल आएकी लिले देखापढीसँग भनिन्, “सरकारी दस्तावेजमा चीन धर्मनिरपेक्ष राष्ट्र भए पनि अधिकांश चिनियाँले बुद्ध धर्म मान्छन् । बुद्ध धर्मको उद्गमस्थल नेपाल चीनको प्राथमिकता नपर्ने भन्ने हुँदैन।”
लीको तर्क चाहिँ औपचारिक रुपमा राष्ट्रपति÷प्रधानमन्त्रीको भम्रण भयो÷भएन भन्ने विषयलाई मात्र दुई देशबीचको सम्बन्ध मापन गर्ने आधार बनाउनु हुन्न भन्ने छ ।
अन्तर्राष्ट्रिय सम्बन्धका जानकार अर्याल चीनसँगको सम्बन्धमा नेपालको अपेक्षा बढी रहेकाले लामो समय चीनबाट उच्चतहको भ्रमण हुन नसकेको बताउँछन् । उनको तर्क छ– नेपालमा चीनको जुन किसिमको विम्व बनाइएको छ, त्यसले नेपालसँगको सम्बन्धमा चीनलाई अप्ठेरोमा पारेको छ।
“चीनबाट उच्चतहको भ्रमण हुँदा विकासले तीब्र गति लिने बुझाई नेपालमा छ,” अर्याल भन्छन्, “यसले चीनलाई थप समस्यामा पारेको छ।” अपेक्षा पुरा नभएको अवस्थामा नेपालमा रहेको चीनको ‘सफ्ट पावर’ लाई नै असर गर्न सक्ने हुँदा पनि नेपाल भ्रमणको विषयलाई लिएर चिनियाँहरु बढी सचेत रहेको, त्यहीकारण भ्रमणमा ढिलाई भएको उनको बुझाइ छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्