प्रहरी अधिकृतहरूको मिहिनेत, लगनशीलता, इमान्दारिता र प्रष्ट सेवाभावको कदरस्वरूप पदोन्नति भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले संगठनलाई थप चलायमान बनाउनेतर्फ लाग्नुपर्ने धारणा राखे।
प्रहरीको मुख्य कार्य नै अपराध अनुसन्धान भएकोले यसमा थप सीपयुक्त जनशक्ति विकास गर्ने, संगठनको भावी रणनीति मजबुत बनाउने र फिल्डमा कार्य गर्ने प्रहरी कर्मचारीको मनोबल उच्च बनाउनेतर्फ सचेत भएर लाग्न प्रहरी महानिरीक्षक ज्ञवालीले प्रहरी अधिकृतहरूलाई निर्देशन दिए।
एउटै नेपाल प्रहरी संगठनको रूपमा रहेको संगठनलाई प्रदेशस्तरमा समायोजन गर्ने चुनौती हाल नेपाल प्रहरी सामु रहेको उल्लेख गर्दै ज्ञवालीले चुनौतीबीच अवसर खोजेर संगठनको श्रीवृद्धितर्फ लाग्न सबै प्रहरी अधिकृतहरूको दायित्व भएको बताए।
यस्तै विश्वव्यापी महामारी बनेकाे कोभिड- १९ को प्रकोपलाई नेपाल प्रहरीले धैर्यता, निष्पक्षता, सहनशीलताका साथ आफूलाई प्राप्त सीप परीक्षण गरेर देखाई नेपाल प्रहरीको जनता र राष्ट्र सेवा गर्ने अवसरको रूपमा स्वीकार गर्नुपर्ने उनको भनाइ छ।
पदोन्नति भएका एआईजी तारिणिप्रसाद लम्सालले व्यावसायिक क्षमता, नागरिक र राष्ट्रप्रतिको सेवाभावको मूल्यांकनस्वरूप भएको पदोन्नतिले थप जिम्मेवारी बोध भएको बताए। उनले आपसी एकता र भातृत्वभाव, व्यावसायिक निष्ठा र जिम्मेवारीबोधका साथ कर्तव्य निर्वाह गर्ने बताए।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंह, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू तथा प्रहरी अधिकृतहरूको उपस्थिति थियो।
" />

">