बझाङ। जिल्ला कारागार बझाङमा खानेपानीको समस्या भएको छ।
खानेपानीको समस्याका कारण कैदीबन्दीलाई खान पकाउन, पानी पिउन र सरसफाइ गर्न समस्या भइरहेको छ।
‘ङ’ श्रेणीमा रहेको जिल्ला कारागार बझाङमा थुनुवा र कैदीबन्दी गरेर ६० जना छन्। पानीको एक धारा छ, कहिले आउँछ, कहिले आउँदैन। बीच बाटोमै अरूले प्रयोग गर्न पाइपलाइन छुटाउने गरेको जिल्ला कारागारमा रहेका थुनुवा नाइके हिक्मत खड्काले बताए। सुरक्षाकर्मीसमेत ८० जनाभन्दा बढी कारागारमा बस्ने गरेका छन्।
खाना पकाउनकै लागि तयारी गरेर पानी भर्न लागेमा एक जनाले २४ घण्टा खानेपानीकै ड्युटी गर्नुपर्ने अवस्था छ। खाना पकाउने र नुहाउने मात्र नभई शौचालयमा समेत पानी छैन।
गर्मीयाम बढेसँगै रोगको त्रास फैलिरहेको बेला जिल्ला कारागारजस्तो संवेदनशील ठाउँमा खानेपानी नभएकामा कसैले चासो नदेखाएको कारागारका नाइके खड्काले बताए। रासस