आँबुखैरेनीमा मिनिबस दुर्घटना हुँदा तीनजनाको मृत्यु
काठमाडौं। तनहुँको आँबुखैरेनीमा आज मिनी बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ।

पोखरा-दाङ चल्ने ना ५ ख ४२९४ नम्बरको मिनिबस साँझ सवा ६ बजे आँबुखैरेनी-२, ऐनापहरास्थित मर्स्याङ्दी नदी किनारमा खसेको हो।

मृतककाे सनाखत भइसकेकाे छैन। १० जना घाइतेकाे उद्धार गरिएकाे छ। घाइतेमध्ये तीनजनाकाे अवस्था गम्भीर रहेकाे जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए।

उनका अनुसार केही घाइते चितवन पठाइएकाे छ भने केहीकाे स्थानीय अस्पतालमा उपचार भइरहेकाे छ। दुर्घटनाकाे कारण खुल्न नसकेकाे उनले बताए।

“अँध्यारो भएकाे र पानी परेकाले उद्धारमा कठिनाइ भएको छ”, उनले भने। बसमा २५-३० यात्रु रहेकाे प्रहरीकाे अनुमान छ।

बस सडकबाट करीब २०० मिटर तल खसेको तनहुँ प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्