द वायरले फिनल्याण्डको एक अनलाइनलाई उद्धृत गर्दै लेखेको छ, ‘प्रकाशित भएकै दिन प्रधानमन्त्री सचिवालयका कर्मचारीले उक्त अन्तर्वार्ताबारे चासो दिएका थिए।’
फिनल्याण्डको प्रधानमन्त्री कार्यालयका सञ्चार निर्देशक पविवि एन्टिकिकोस्कीले लिँदै नलिएको अन्तर्वार्ता छापिएको घटनाबाट आफू चकित परेको बताएका छन्।
उनले भने, “ एक भारतीय पत्रिकाले अपमानजनक तरिकाले भ्रम फैलाएको छ। हेलसिन्की (फिनल्याण्डको राजधानी) मा कोही व्यक्ति प्रधानमन्त्रीको अन्तर्वार्ता गर्न आउँदा मलाई जानकारी हुन्छ। डीबी पोष्ट (दैनिक भाष्करको अंग्रेजी संस्करण) ले उनीहरूलाई उक्त अन्तर्वार्ता एक फ्रिल्यान्सर पत्रकारले दिएको र त्यसलाई सच्याउने बताएको छ।”
अहिले डीबी पोस्टले उक्त अन्तर्वार्तालाई हटाएको छ। दैनिक भाष्कर पत्रिका अनलाइन संस्करणमा उक्त अन्तर्वार्तासँगै भिडिओ पनि पोष्ट गरेको थियो। एक्स्क्लुसिभ भन्दै पोष्ट गरेको उक्त भिडिओमा दैनिक भाष्करको वाटर मार्क पनि लगाइएको थियो।
यद्यपि उक्त भिडिओ अन्तर्वार्ता जर्मन मिडिया जेडडीएफको थियो। पछि दैनिक भाष्करले उक्त भिडिओ पनि हटाएको थियो। यद्यपि दैनिक भाष्करको हिन्दी साइटमा यो अन्तर्वार्ता अझैसम्म हटाइएको छैन।
यसबारे द वायरको जिज्ञासामा दैनिक भाष्करको डेस्क सम्पादक अरुण चौहानले प्रेस काउन्सिलका लागि जवाफ तयार पारिरहेको बताएका छन्। यो घटनामा दैनिक भाष्करले अमेरिकामा बसोबास गर्दै आएका फ्रिल्यान्सर सिद्धार्थ राजहंसलाई दोषी देखाएको छ।
प्रेस काउन्सिललाई पठाउन तयार पारिएको जवाफमा दैनिक भाष्करले लेखेको छ- ‘हामी हाम्रो फ्रिल्यान्सरले दिएको धोकाको शिकार भएका छौं। उनले हामीमाथि जालसाजी गरेका छन्। हामी सिद्धार्थ राजहंशकाविरुद्ध कानूनी कदम उठाउने छौं। हामीले फिनल्याण्डको प्रधानमन्त्री कार्यालय र भारतस्थित फिनल्याण्ड दूतावासमा माफीपत्र पठाउँदै छौं।’
अखबारले आफ्नो जवाफमा ‘सिद्धार्थ राजहंसको गलत रिपोर्टिङको कारण प्रकाशन हुन गएको अन्तर्वार्ताबारे प्रेस काउन्सिलसँग खेद प्रकट गर्छौंं र आगामी दिनमा यस्तो गल्ती दोहोरिन नदिन हामी सबै कदम उठाउने छौं’ भनेको छ।

दैनिक भाष्करका अनुसार, अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अखबारले संसारकी सबैभन्दा कम उमेरकी प्रधानमन्त्रीको अन्तर्वार्ता छाप्ने योजना बनाएको थियो। त्यसका लागि अखबारले अमेरिकी टेक्नोक्रेट सिद्धार्थ राजहंसलाई सम्पर्क गरेको थियो।
उनले आफूलाई संयुक्त राष्ट्रसंघसँग समेत सम्बन्धित रहेको बताउँदै आफूले अन्तर्वार्ता लिने विश्वास दिलाएका थिए। त्यसका लागि उनले खर्च र पारिश्रमिकस्वरूप अखबारबाट साढे तीन लाख भारतीय रूपैयाँ स्वीकृत गराएका थिए।
द वायरबाट भावानुवाद।
" /> द वायरलाई नियमित प्रक्रिया बमोजिम स्पष्टीकरण सोधिएको र दुई साताभित्रमा भाष्करले स्पष्टीकरण पठाउनुपर्ने बताएका छन्।

">