कैलालीको गोदावरीमा विस्फोट हुँदा एकको मृत्यु

काठमाडौं। कैलालीको गोदावरी नगरपालिका-४ फूलबस्तीमा विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ।

कैलालीका प्रहरी प्रमुख एसपी सुदिप गिरीले अन्दाजी ४० वर्षीय नरबहादुर विकको मृत्यु भएको बताए।

दाउरा लिन जंगल गएका विकले तामाको जस्तो देखिने वस्तु घरमा ल्याएर जलाउन खोज्दा विस्फोट भएर उनको घटनास्थलमै मृत्यु भएको गिरीले जानकारी दिए।

“विस्फोट भएर मृत्यु भएको खबर आएको छ। हाम्रो टोली घट्नास्थलतर्फ गइसकेको छ’, उनले देखापढीसँग भने, “ घटनाको विस्तृत विवरण टोली नपुगी भन्ने अवस्था छैन। तर, बमजस्तो देखिने बस्तु हो भन्ने आएको छ।"

अहिले इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर विष्टको नेतृत्वमा प्रहरी टोली घटनास्थल पठाइएको छ।

घटनास्थल अत्तरियाबाट करीब १० किलोमिटर उत्तर पहाडी क्षेत्रमा पर्दछ।

प्रतिक्रिया दिनुहोस्