भोजपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु, दुईजना घाइते

भोजपुर। भोजपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। अन्य दुईजना घाइते भएका छन्।

आज दिउँसो टेम्केमैयुङ गाउँपालिका-३ अन्‍नपूर्णमा चट्याङ लागेर गिरी टोल निवासी ५७ वर्षीया दुर्गामाया गिरीको मृत्यु भएको हो।

दिउँसो पौने चार बजे परेको चट्याङबाट घाइते भएकी उनको जिल्ला अस्पतालमा उपचारको क्रममा साँझ ६:४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रवक्ता इन्सपेक्टर पाण्डवकुमार राजवंशीले बताए।

गिरी टोलकै ६७ वर्षीया मित्रशोभा राई घाइते भएको र उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

त्यस्तै षडानन्द गाउँपालिका-१० मा ३ बजे चट्याङ लागेर घाइते भएकी ५० वर्षीया विष्णुमाया राईको साङपाङ स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्