डडेल्धुरामा भरूवा बन्दुक बरामद् <p>डडेल्धुरा। परशुराम नगरपालिका-५, परिगाउँबाट सशस्त्र प्रहरीले एक नाल भरूवा बन्दुक बरामद् गरेकाे छ।&nbsp;</p> <p>सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश जोगबुढाबाट खटिएको टाेलीले परिगाउँस्थित सामुदायिक वनमा पासो थापेर राखेको अवस्थामा साे भरुवा बन्दुक बरामद् गरेकाे हाे।&nbsp;</p> <p>बरामद् भरुवा बन्दुक स्थानीय प्रहरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएकाे छ।</p>
प्रतिक्रिया दिनुहोस्