रूपन्देही। रूपन्देहीको ओमसतिया गाउँपालिकामा एक बालकको हत्या भएको छ। ओमसतिया-५, धान्सीका १० वर्षीय बालक आकाश हरिजनको इँटाले टाउकोमा प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
४ चैत बिहान १० बजे विद्यालय गएका बालक घर नफर्किएपछि खोजतलास गर्ने क्रममा ६ चैतमा ओमसतियाको खेतमा शव फेला परेको थियो। बिहान करीब साढे ११ बजे स्थानीयवासीले शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए।
सिक्टहन माध्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत हरिजनलाई विद्यालयले ४०० रूपैयाँ छात्रवृत्ति रकम प्रदान गरेको थियो। सोही रकम नदिएको रिसमा स्थानीय १५ वर्षीय बालकले उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले जानकारी दिए। उनले बाबुसँगको मिलेमतोमा आकाशको हत्या गरेको आशंकामा प्रहरीले दुवैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक थापाले बताए।
“आरोपीले विद्यालयले दिएको रकम आफूलाई दिन ललाइफकाइ गर्दा पनि आकाशले नदिएपछि इँटाले हानेर हत्या गरेको स्वीकार गरेका छन्, १५ वर्षको मात्रै भएका कारण नाम सार्वजनिक गरिएको छैन”, उनले भने। हत्याको आशंकामा आकाशका परिवारजनले किटानी जाहेरीसहित जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए। उजुरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो। रासस
" /> रूपन्देही। रूपन्देहीको ओमसतिया गाउँपालिकामा एक बालकको हत्या भएको छ। ओमसतिया-५, धान्सीका १० वर्षीय बालक आकाश हरिजनको इँटाले टाउकोमा प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।४ चैत बिहान १० बजे विद्यालय गएका बालक घर नफर्किएपछि खोजतलास गर्ने क्रममा ६ चैतमा ओमसतियाको खेतमा शव फेला परेको थियो। बिहान करीब साढे ११ बजे स्थानीयवासीले शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए।

">