इटहरीमा मुसहरहरूका लागि सामूहिक आवास निर्माण शुरू
इटहरी। इटहरी उपमहानगरपालिका-१६ टिहिटीमा मुसहर समुदायका लागि सामूहिक आवास निर्माण शुरू गरिएको छ।
इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले सामूहिक आवास निर्माणको शिलान्यास गरेका छन्।
५० वटा घरहरु निर्माण गर्ने गरी डेढ विगाहा जग्गा तयारी र नक्सांकन गरिएको उपमहानगरपालिकाले जनाएको छ।
चालु आर्थिक वर्षमा नौ वटा घर निर्माण हुने छन्।
यस वर्ष निर्माण हुने घरका लागि तराइ मधेश समृद्धि कार्यक्रमअन्तर्गत संघीय सरकारको ७० लाख र उपमहानगरपालिकाको सात लाख रूपैयाँ विनियोजन गरिएको छ।
आवासमा भित्री सडक, बाल उद्यन, सामुदायिक भवन निर्माण गरिने छ।
प्रतिक्रिया दिनुहोस्