पूर्वसञ्‍चारमन्त्री बाँस्कोटाको घरमा बम विस्फोटमा संलग्‍न आरोपमा नेत्रविक्रम चन्द समूहका तीनजना पक्राउ
काठमाडौं। पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विस्फोट गराएको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका तीनजना कार्यकर्तालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा कैलालीका लक्ष्मण सेठी र अमृत कुमाल साथै कालिकोट घर भएका टेक लोहार छन्।

उनीहरूलाई महानगरीय अपराध महाशाखा, काठमाडौंको टोलीले पक्राउ गरेको हो।

अमृत मध्यकमाण्ड सह-संयोजकको जिम्म्वारीमा रहेको खुल्न आएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले देखापढीलाई बताए।

"तीनैजनामाथि अनुसन्धान गरिरहेका छौं। घटनाबारे अनुसन्धान जारी छ।

यसअघि नेत्रविक्रम चन्द नेतृत्वकै भक्तपुर जिल्ला सदस्य लमजुङ मस्र्याङ्दी गाउँपालिका-४ घर भई लोकन्थलीको सुकुम्बासी बस्तीमा बस्दै आएका ५८ वर्षीय देवीबहादुर गुरुङलाई भक्तपुर प्रहरीले पक्राउ गरेको थियो।

भक्तपुरको लोकन्थलीस्थित मनोहरा फाँटमा रहेको बाँस्कोटाको घरमा २८ फागुन बिहान बम विस्फोट गराइएको थियो।

विस्फोटमा पूर्वमन्त्री बाँस्कोटाकोसहित अन्य तीन घरमा क्षति पुगेको थियो।

बाँस्कोटाको घरको पर्खालभित्र प्रेसर कुकर बम राखिएको र रिमोट कन्ट्रोलबाट बम विस्फोट गराएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो।

प्रतिक्रिया दिनुहोस्