भुटानी राजा रानीलाई दोस्रो पुत्रलाभ
काठमाडौं। भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुक र रानी जेटशन पेमालाई दोस्रो सन्तानका रूपमा पुत्रलभाव भएको छ।

भुटानी राजाले आफ्नो फेसबुक पेज ‘द किङ’ र इन्स्टाग्राममा आफूहरूको दोस्रो सन्तानका रूपमा छोरा जन्मिएको जानकारी दिएका छन्।

उनले दोस्रो सन्तानको जन्म घोषणा गर्न पाउँदा गर्व महशुस गरेको उल्लेख गरेका छन्।

‘बच्चाको स्वास्थ्य राम्रो छ। राजकुमार ग्यालसे आफ्ना भाइलाई भेटेर खुशी भएका छन्’ फेसबुक पोष्टमा लेखेका छन्।

राजारानी दुवैले मेडिकल टीमलाई उनीहरूको मिहेनत, शुभकामना र प्रार्थनाका लागि धन्यवादसमेत दिएका छन्।

“यो शाही परिवार, राष्ट्र र भुटानका जनताका लागि अत्यन्तै खुशीको अवसर बनेको छ”, उनले भनेका छन्।

राजा जिग्मेले कोभिड-१९ को संक्रमणबाट बच्न ध्यान दिन, जिम्मेवार र एक अर्कामा सहयोगी हुनसमेत भनेका छन्।

प्रतिक्रिया दिनुहोस्