कैलाली। जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले कैलालीको भजनी नगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ।
१ चैत दिउँसो घाँस काट्न जङ्गल गएको मौकाछोपी महिलालाई कुटपिट गर्दै बलात्कार गरेको आरोपमा भजनी नगरपालिका–९ डोङपुरका रामस्वरुप चौधरी पक्राउ परेका हुन्।
पीडित महिलाले आफूलाई चौधरीले बलात्कार गरेको भनी ईलाका प्रहरी कार्यालय भजनीमा ४ चैतमा जाहेरी दिएकी थिइन्।
जाहेरी पछि चौधरी फरार रहेका थिए। प्रहरीले आज चौधरीलाई डोङपुरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलाली प्रवक्ता, प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए।
डीएसपी बस्नेतले घटनाबारे अनुसन्धान भइरहेको बताए।
" /> कैलाली। जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले कैलालीको भजनी नगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ।१ चैत दिउँसो घाँस काट्न जङ्गल गएको मौकाछोपी महिलालाई कुटपिट गर्दै बलात्कार गरेको आरोपमा भजनी नगरपालिका–९ डोङपुरका रामस्वरुप चौधरी पक्राउ परेका हुन्।

">