काठमाडौं। बैकिङ कसुर मुद्दामा प्रहरी हिरासतमा रहेका जलेश्वर स्वच्छन्द विकोई विल्डर्सका सञ्चालक तथा काठमाडौं भ्यूटावरका ठेकेदार मनोज भेटवाल रिहा भएका छन्।
उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश गरेपछि भेटवालले ३८ लाख रूपैयाँ बुझाएर रिहा भएका हुन्।
न्यायाधीश किरण पौडेल र कुलप्रसाद शर्माको इजलासले भेटवाललाई धरौटीमा छाड्न आदेश दिएपछि उनी धरौटी रकम बुझाएर रिहा भएको अदालतका रजिष्ट्रार बाबुराम दाहालले देखापढीलाई बताए।
चन्द्रकुमार तामाङलाई तिर्नुपर्ने ७५ लाख १० हजार रूपैयाँ बराबरको चेक बाउन्समा भेटवालविरुद्ध बैंकिङ कसुर मुद्दा थियो।
तामाङले उनीविरुद्ध जाहेरी दिएपछि प्रहरीले २८ माघमा पक्राउ पूर्जी लिएर खोजी शुरू गरेको थियो।
भारतमा लुकेर बस्दै आएका भेटवालले पक्राउ पूर्जी जारी भएको एक महीनापछि २८ फागुनमा प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए।
प्रहरीका अनुसार उनले अन्य व्यक्तिहरूको समेत रकम तिर्न बाँकी रहेको छ।
उनले काठमाडौंको पुरानो बसपार्कमा २९ तलाको भ्यूटावर बनाउने ठेक्का पाएका थिए। तर, उनले उक्त भ्यूटावर निर्माणको काम अलपत्र पारेका छन्।
" /> काठमाडौं। बैकिङ कसुर मुद्दामा प्रहरी हिरासतमा रहेका जलेश्वर स्वच्छन्द विकोई विल्डर्सका सञ्चालक तथा काठमाडौं भ्यूटावरका ठेकेदार मनोज भेटवाल रिहा भएका छन्।उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश गरेपछि भेटवालले ३८ लाख रूपैयाँ बुझाएर रिहा भएका हुन्।

">