काठमाडौं। केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको टोलीले अवैध रूपमा अन्तर्राष्ट्रिय एसएमएस बाईपास गर्ने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका–२५ टेंगाल, नरदेबीमा डेरा गरेर बस्ने भारत पश्चिम बंगालाका ३५ वर्षीय प्रशान्त साहलाई पक्राउ गरेको हो।
उपत्यकाका विभिन्न स्थानमा अनुमति नलिई उपकरण राखी गैरकानूनी रूपमा अन्तर्राष्ट्रिय एसएमएस बाईपास सञ्चालन भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले साहलाई एसएमएस बाईपास गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।
साहको साथबाट ६४ पोर्टको जीओआईपी गेटवे २ थान, राउटर २ थान, ल्यापटप १ थान, ब्याट्री १ थान, इन्भर्टर १ थान, गेटवेको एडप्टर २ थान, नेपाल टेलिकम तथा एनसेलको सिमकार्ड २१५ थान, मोबाइल ६ थान, साहको राहदानी लगायत एसएमएस बाईपासमा प्रयोग हुने विभिन्न तार लगायतका सामग्री बरामद गरिएको छ।
विगतमा भिओआईपी कल बाईपास हुँदै आएको थियो। अहिले भने अत्याधुनिक प्रविधिको प्रयोग गरेर नेपालमा पहिलो पटक एसएमएस बाईपास गरी नयाँ तरिका अपनाएको अनुसन्धानबाट खुलेको छ।
साहले भिओआईपीमा प्रयोग गरिने सम्पूर्ण उपकरण भारतदेखि आफैंले लिएर आएको, यसका लागि आवश्यक सिम कार्ड र रिचार्ज कार्ड आफैंं विभिन्न पसलहरूमा गई बिना कागजात बढी रकम दिई लिने गरेको, अनलाइनमार्फत् सम्पर्क गरी वर्ल्ड लिंकको इन्टरनेट प्रयोग गरेको, साह घुम्ने र व्यापार गर्ने प्रयोजनका लागि पटक-पटक नेपाल आउजाउ गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
साहउपर दूरसञ्चार ऐन, २०५३ अन्तर्गत अनुसन्धान कार्य भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जले जनाएको छ।
" /> काठमाडौं। केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको टोलीले अवैध रूपमा अन्तर्राष्ट्रिय एसएमएस बाईपास गर्ने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।काठमाडौं महानगरपालिका–२५ टेंगाल, नरदेबीमा डेरा गरेर बस्ने भारत पश्चिम बंगालाका ३५ वर्षीय प्रशान्त साहलाई पक्राउ गरेको हो।

">