पेट्रोल कालोबजारी गर्ने तीनजना पक्राउ
राजविराज। सप्तरीको सुरुङगामा पेट्रोलको कालोबजारी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुरुङगा नगरपालिका-७ का ३७ वर्षीय अरुण चौधरी, ४० वर्षीय अली हसन र वडा नम्बर-५ का ३० वर्षीय तेजनारायण भगत रहेको प्रहरी निरीक्षक बाबुराम कार्कीले जानकारी दिए।

पक्राउ परेका चौधरीको साथबाट १७ लिटर, हसनको साथबाट पाँच लिटर र भगतको साथ दुई लिटर पेट्रोल बराम गरिएको प्रहरीले जनाएको छ।

उनीहरूले कुशाहास्थित पसलबाट पेट्रोल प्रतिलिटर १२० का दरले बिक्री गरिरहेको कार्कीले बताए।

उनीहरूलाई इलाका प्रहरी कार्यालय कडरबोनामा हिरासतमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्